शारीरिक अशक्तपनलाई कमजोरी नठानी आत्मबलका साथ आफैँ काम गरेर जीविकोपार्जन गर्ने मानिस धेरै छन् । जोरपाटीस्थित बीआईए इस्न्टिच्युटमा थाङ्का बनाउँदै गरेका अपाङ्गता भएका कलाकार हुन् वा जोरपाटीस्थित अपाङ्ग संघ परिसरमा दृष्टिविहीन र अपाङ्गता भएका पुरुष ।
गौशालामा व्यापार गर्दै आएकी अपाङ्गता भएकी महिलाको शक्ति हेरौँ वा गौशालास्थित शान्ति सेवा गृहमा कागजको झोला बनाउँदै गरेका कुष्टरोग पीडित पुरुषको अनुहार हेरौँ । उनीहरु आफ्नो शारीरिक रूपलाई छोडेर मानसिक रुपमा बलियो बनि आफैँ कमाएर जीवन धान्छन् । थापाथलीस्थित सुकुम्वासी बस्तीमा दृष्टिविहीन परमेश्वरीदेवी मुखियाको घरमा काम गरेर जिविको पार्जन गर्छिन् भने उनका श्रीमान सल्टु मुखिया पनि दृष्टिविहीन नै छन् ।
आवाजको सहारामा मोबाइल चलाउने, अपाङ्गता भएकाहरू, ह्वीलचेयरको सहयोगमा बास्केटबल खेल्नेहरू, चिउडोको सहायताले ह्वीलचेयर चलाउनेहरू, हेल्मेटमा राखिएको स्टिक र सेन्सरले इन्टरनेट चलाउनेहरू, ह्वील चेयर बनाउने, कपडाको थाङ्का बुन्ने लगायत काममा उनीहरू ब्यस्त छन् । शारीरिक अशक्तता भएर पनि आफैँ कमाएर जीविकोपार्जन गर्दै आएका व्यक्तिहरूको कथालाई आजको फोटो फिचरमा समेटिएको छ ।
गौशालामा व्यापार गर्दै अपांगता भएकी महिला ।
जोरपाटीस्थित विआईए इन्टिच्युटमा कपडाको थाङ्का बुन्दै अपाङ्ता भएकी कलाकार ।
जोरपाटीस्थित विआईए इन्टिच्युटमा थाङ्का बनाउदै अपाङ्ता भएका कलाकार ।
जोरपाटीमा ह्वीलचेयर बनाउदै अपाङ्ता भएका मित्रीहरु ।
जोरपाटीस्थित खगेन्द्र नवजीवन विद्यालय परिसरमा वास्केट वल खेल्दै अपाङता भएका ह्वीलचेयर प्रयोग गर्ने युवकहरु ।
सत्यपाटी संवाददाता । काठमाडौं