सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीकाे उपसभामुखमा राप्रपाकी मेनुका खाँण निर्विराेध

 लुम्बिनी प्रदेश सभाको उपसभामुखमा राप्रपाकी मेनुका खाँण केसी निर्विरोध निर्वाचित हुनुभएको छ ।

कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले उपसभामुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि सत्तारूढ दलबाट मनोनयन दर्ता गरेकाहरू नै सभामुख र उपसभामुख निर्वाचित भएका हुन् ।

आज मङ्गलवार दिउँसो बसेको प्रदेश सभाको बैठकमा ज्येष्ठ सदस्य डिल्लिराज भुसालले सभामुख र उपसभामुखमा एक/एक जनाको उम्मेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएकाे हाे ।

यसअघि हिजो साेमवार सभामुखमा माओवादीका तुलाराम घर्ती निर्विराेध हुनुभएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १९:१४