सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश १ मा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५९ र विपक्षमा ३२ मत

प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नु भएको छ ।

गत आइतबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले शुक्रबार प्रदेश सभाबाट विश्वासको मतका लागि प्रस्ताव राख्नु भएको थियो । ९३ सदस्यीय प्रदेशसभामा ५९ प्रदेश सांसदले विश्वासको मतका लागि मुख्यमन्त्री कार्कीले प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा मत दिएका थिए ।

कार्की एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० जना प्रदेश सांसदको समर्थनमा आइतबार संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो भने सोमबार पद तथा गोपनीयताको शपथ लिनु भएको थियो । संविधान बमोजिम दुई वा दसइभन्दा बढी दलको समर्थनमा नियुक्त मुख्य मन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । सोही बमोजिम कार्कीले प्रदेश सभाबाट ३० दिनभित्रै विश्वासको मत दिनु भएको हो ।

नेपाली कांग्रेस र नेकपा(एकीकृत समाजवादी) ३२ जना प्रदेश सांसदहरूले भने कार्कीको विपक्षमा मत हालेका थिए । कार्कीलाई सत्ता साझेदार दलहरु नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राप्रपा लगायतको समर्थन रहेको छ ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १७:३६