सूचनाको शक्ति - The Power Of Information

        

न्यूनतम साझा कार्यक्रम

सरकारकाे न्यूनतम साझा कार्यक्रम सार्वजनिक, के–के परे प्राथमिकतामा ?

पञ्जीकरणको शुल्क नलिन नीतिगत व्यवस्था

सत्तारुढ दलहरूकाे न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएकाे छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।

त्यस क्रममा उहाँले यो वर्ष सरकारले गाडी नकिन्ने कार्यक्रम बनाएकाे बताउनु भयाे । त्यस्तै नयाँ सार्वजनिक निकाय खोल्न पनि रोक लगाउने बताउनु भयाे ।

उहाँले स्थानीय तहमा पञ्जीकरणको शुल्क नलिन नीतिगत व्यवस्था गर्ने पनि बताएका छन् ।

‘६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने । प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाउने । स्वास्थ्य बिमा सुविधा प्राप्त गर्न सेवाग्राहीहरूले भोग्नु परेका झन्झट तत्काल हटाउने’ न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

निरोगी नेपालको अवधारणा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको कार्यान्वयन सुनिश्चित गर्ने, यसका लागि-सवै नागरिकमा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने र सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुऱ्याउने उल्लेख छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् ।

उपप्रधानमन्त्री तथा एमाले नेता विष्णु पौडेल नेतृत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा गरी शीर्ष नेताहरुलाई बुझाएको थियो ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १८:१२