सूचनाको शक्ति - The Power Of Information

        

प्रदेशसभाका पदाधिकारीलाई सुविधैसुविधा

मुलुक प्रादेशिक संरचनामा गएपछि बागमती प्रदेश सभाका सभामुख र उपसभामुखसहित पदाधिकारीले प्रदेश सभाका अन्य सदस्यभन्दा धेरै प्रकारका सुविधाहरू पाएका छन् । उक्त सुविधाका कारण पनि विभिन्न दलका नेताहरू बागमती प्रदेशमा आकर्षित भएको पाइएको छ ।

बागमती प्रदेश सचिवालयका अनुसार सभामुखले पारिश्रामिक मात्रै ६१ हजार ४ सय ८० रुपैयाँ, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताले ५८ हजार, सत्ता पक्षका मुख्य सचेतक, समिति सभापति र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले ५६ हजार ८ सय ४० रूपैयाँ पाउने व्यवस्था छ ।

दलका प्रमुख सचेतक, सत्ता पक्षका सचेतक र प्रमुख प्रतिपक्षी दलका सचेतकले ५४ हजार ५ सय २० रूपैयाँ र सदस्यले ५२ हजार २ सय रूपैयाँ प्रतिमहिना पारिश्रामिक पाउने व्यवस्था छ ।

त्यसैगरी, पदाधिकारी र सदस्यले प्रदेश बैठक वा कुनै समिति वा उपसमितिको बैठकमा भाग लिएबापत प्रतिदिन १ हजार रूपैयाँ पाउने बैठकभत्ता पाउने व्यवस्था छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ०७:०८