२०७९ पुस १ गते, शुक्रवार, १६ डिसेम्बर २०२२ । पौष कृष्णपक्ष अष्टमी तिथि । उत्तर फाल्गुनी नक्षत्र । चन्द्रराशि– सिंह, १०ः४७ बजेदेखि कन्या ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शुभचिन्तकहरूले साथ दिनेछन् भने मेहनतले राम्रै उपलब्धी दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । हतारमा निर्णय लिने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ । तापनि आजको कामले पछि फाइदा हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
केही कठोर नीति अवलम्बन गर्नुपर्ला । काम भने अधुरो रहनेछ । गलत चिन्तन प्रकट गर्दा स्वयं आलोचित भइनेछ । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्ला । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्चनुपर्ने हुन सक्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ । मानसम्मानमा बाधा पुग्नेछ । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ । गुरुजनसँग मतभेद हुनाले अध्ययनमा पछि परिनेछ । समयको सदुपयोग गर्न नसकिएला । सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन् ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ । नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ । समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । परिश्रम परे पनि केही प्रतिफल प्राप्त हुनेछ । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । पछिका लागि लगानी गर्न सकिनेछ ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । समाजमा तारिफयोग्य काम गर्दै नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ । पेसा–व्यवसायमा मनग्य लाभ मिल्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन उत्साहित रहनेछ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
चुनौतीका बीच अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । तर परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला । श्रम परे पनि उचित मूल्य प्राप्त हुनेछ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय लाग्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । नाम, दाम र इनाम कमाउने बेला छ । पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ । नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ । प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । नसोचेको अवसर प्राप्त हुने सम्भावना छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ । मिहिनेतले विशेष उपलब्धि दिलाउनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । हतारमा निर्णय लिने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ । घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ । केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्च हुनेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं