सूचनाको शक्ति - The Power Of Information

        

फेसबुकमा यसरी गर्न सकिन्छ ब्याक डेटमा पोस्ट

फेसबुकले प्रयोगकर्ताहरुलाई आफ्नो फेसबुक पेजमा कुनै पनि पोस्टलाई आफ्नो इच्छा अनुसारको मितिमा प्रकाशित गर्ने सुविधा प्रदान गरेको छ ।

जसअनुसार तपाईंले आफूले विगतमा गरेको पोस्टको मिति परिवर्तन गर्न सक्नुहुन्छ भने अहिले गर्दै गरेको नयाँ पोस्टको मिति पनि ब्याकडेटमा लैजान सक्नुहुन्छ । फेसबुक पेजको पोस्टलाई ब्याकडेटमा लैजानका लागि तपाईंले तल दिइएको उपाय अपनाउन सक्नुहुन्छ ।

यसअघि गरिसकेको पोस्टको मिति परिवर्तन गर्नका लागि

  • फेसबुक पेज लगइन गरी News Feed मा रहेको Pages आइकनमा क्लिक गर्नुहोस् ।
  • आफ्नो फेसबुक पेजमा जानुहोस् ।
  • तपाईंको पेजको टाइमलाइनमा रहेको मिति परिवर्तन गर्न खोजेको पोस्टमा जानुहोस् ।
  • उक्त पोस्टको दायाँ माथिको भागमा रहेको तिनवटा थोप्लाको आइकनमा क्लिक गर्नुहोस ।
  • Change date नामक अप्सन क्लिक गरी आफ्नो पूरानो पोस्टको वर्ष, महिना, गते तथा समय समेत छनोट गर्नुहोस् ।
  • Save मा क्लिक गर्नुहोस् ।

यसमा तपाईंले आफ्नो पूरानो पोस्टलाई अधिकतम सन् १९०५ जनवरी १ को मितिसम्म राख्न सक्नुहुन्छ । तर पुरानो मितिलाई नयाँ मितिमा राख्न भने सकिँदैन । साथै बुस्ट गरिएको पोस्टमा पनि मिति परिवर्तन गर्न सकिँदैन ।

नयाँ पोस्टलाई कसरी पूरानो मिति अर्थात् ब्याकडेटमा राख्ने ?

  • न्युज फिडबाट Pages अप्सनमा क्लिक गर्नुहोस् ।
  • आफ्नो पेजमा जानुहोस् र Publishing tools मा क्लिक गर्नुहोस् ।
  • +Create मा क्लिक गरी Share now मा क्लिक गर्नुहोस् । ड्रपडाउनबाट Backdate अप्सन छनोट गर्नुहोस् ।
  • आफूले गर्न लागेको पोस्ट टाइमलाइनमा देखिने वर्ष, महिना तथा दिन तय गर्नुहोस् ।
  • त्यसपछि Backdate मा क्लिक गरी Schedule post मा क्लिक गर्नुहोस् ।

तपाईंले आफ्ना पोस्टहरु तपाईंको पेज खोल्नुभन्दा अगाडिको मितिमा सेड्युल गर्न सक्नुहुन्न ।

प्रकाशित मिति : २८ मंसिर २०७९, बुधबार १६:०६