सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी (सूचनासहित)

प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले विभिन्न पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने भन्दै आयोगले योग्यता पुगेका उम्मेदवारलाई दरखास्त आह्वान गरेको हो।

लोक सेवा आयोगबाट प्राप्त सहमति बमोजिम यस प्राधिकरणमा रिक्त तपसिल बमोजिमका पदहरूमा नेपाल बीमा प्राधिकरण कर्मचारी सेवा सतं विनियमावली, २०६८ को विनियम १४ बमोजिम आन्तरिक खुला/समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले देहायको न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। रीत नपुगेको र म्याद नाघी आएको दरखास्त उपर कुनै कारबाही गरिनेछन। तोकिएको न्यूनतम योग्यता

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भन्दै आयोगले कर्मचारी माग गरेको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गत रिक्त रहेका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले विभिन्न सेवा समूहका  सहायकस्तर चौथो तहका प्राविधिक पदहरूमा योग्यता पुगेका उम्मेदवारहरूबाटअनलाइन दरखास्त आह्वान गरिन्छ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको विद्युतीय दरखास्त प्रणाली www.psconline.nibnm.gov.np बाट  पुस १४ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने आयोगले जनाएको छ।

दोब्बर दस्तुर तिरेर पुस २१ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ०९:१२