सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा सदस्य निर्वाचन

मतगणना भइरहेका तीन वटा क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि

दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत बाजुरा, दोलखा र स्याङ्जा–२ मा मतगणना चलिरहेको छ । गणना भइरहेका तीन क्षेत्रमा गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् ।

बाजुरामा हिजो बेलुकादेखि मतगणना सुरु भएको हो । पछिल्लो विवरण अनुसार कांग्रेसका बद्रि पाण्डेले ५ हजार १०६ मत प्राप्त गर्नुभएको छ। त्यस्तै उहाँका प्रतिस्पर्धी एमालेका कर्ण थापाले ३ हजार ९९४ मतसहित पछ्याउनुभएको छ ।

दोलखामा पनि मतगणना सुरु भएको छ । प्रारम्भिक विवरण अनुसार माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीले १ हजार ३५३ मतसहित अग्रता लिनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका बालकृष्ण सिवाकोटीले ७३६ मत प्राप्त गर्नुभएको छ ।

दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।

यस्तै, स्याङ्जाको क्षेत्र नम्बर–२ मा मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहनुभएको छ । उहाँले नेकपा एमालेकी पद्माकुमारी अर्याललाई २४ सयभन्दा धेरै मतले पछि पार्नुभएको छ । कांग्रेसका धनराज गुरुङको ११ हजार ९२० र एमालेका पद्माकुमारी अर्यालको ९ हजार ५०२ मत रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार १९२ मत ल्याउनुभएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार ०७:५५