सूचनाको शक्ति - The Power Of Information

        

इलाम १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल पराजित

प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर १ बाट नेकपा एमालेका महेश बस्नेत विजयी हुनु भएको छ ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एकीकृत समाजवादीका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेर बस्नेत विजयी हुनु भएको हो ।

यसको औपचारिक घोषणा भने भएको छैन । बस्नेतले खनाललाई २ हजार ९५७ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतवार १८:३८