सूचनाको शक्ति - The Power Of Information

        

‘लो कट टप’ लगाएर व्यापार गर्ने युवतीले पुलिस देखेपछि….(भिडियोसहित)

थाइल्याण्डमा पुलिसले २३ वर्षकी युवतीलाई कामको क्रममा लो कट टप लगाएकोमा अन्तिम चेतावनी दिएर छोडेको छ ।

पुलिसलाई एक अज्ञात व्यक्तिले ओलिभ अरन्या अपाइसो नामकी एक युवती प्यानकेक बिक्रेता भएको र उनले विचित्र कपडा लगाएर प्यानकेक बेचेको भन्दै उजुरी गरेका थिए ।

उनले निकै सानो टप लगाएकी थिइन्, जसबाट उनको शरीरको धेरै भाग देखिएको थियो । पुलिसले अपाइसोसँग यसको जवाफ माग्दा उनको जवाफ सुनेर पुलिसकै होस उड्यो ।

उनले पुलिसलाई आफू एक नर्सिङ छात्रा भएको र पार्ट टाइम प्यानकेक बेच्ने काम गरेको बताइन् । उनले पसले युवतीको पहिरनले आसपासका मानिसहरुलाई समस्या भएको बताएका थिए ।

डेली मिररमा प्रकाशित एक रिपोर्टका अनुसार शुक्रबार शुक्रबार पुलिस चियांग माइ शहरमा अपाइसोको पसलमा पुग्यो जहाँ उनको कपडा देखेर पुलिस नै अचम्ममा परे ।

अपाइसोका अनुसार उनले सामान्य कपडा लगाएर प्यानकेक बेच्दा गहक उनको पसलमा आउँदैनथे । एक दिन उनले आफ्नी एक साथीको लो कट टप लगाएर प्यानकेक बेच्दा त्यस दिन पहिलेभन्दा धेरै बिक्री भयो ।

अपाइसोले पहिले प्यानकेकका ३० बक्स मात्र बेच्न सक्थिन् तर जब उनले लो कट टप लगाउन सुरु गरिन् त्यसपछि बिक्री चार गुणा बढेको छ । अहिले उनको स्टल वरिपरि भिड लाग्छ र मानिसहरु उनीसँग सेल्फी खिचाउन खोज्छन् ।

तर, अपाइसोको यो काम आसपासका मानिसहरुलाई मन नपरेपछि उनीहरुले पुलिसमा उजुरी गरिदिए । हाँ पुलिसले उनलाई अन्तिम चेतावनी दिएर छोडेको छ ।

यदि उनी फेरि यस्तै गरेको देखिइन् भने उनीविरुद्ध कडा कारवाही हुनेछ । चांग फुएक जिल्ला परिषद कार्यालयका एक प्रवक्ताले भने ‘चियांग माइ सांस्कृतिक सहर हो र मानिसहरु यहाँ यस्ता हर्कत गरियोस् भन्ने चाहँदैनन् ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

स्रोत : एजेन्सीहरुको सहयोगमा
प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलवार १०:३२