सूचनाको शक्ति - The Power Of Information

        

स्यालको टोकाइबाट नौ जना घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो ।

स्यालको टोकाइबाट घाइते हुनेमा वडा नं.४ का ओमप्रकाश पाण्डे र एक्कीकुमार बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहरा, दीपा बोहरा, उर्मिला बोहरा र पत्रबहादुर महतारा र सविता गौतम तथा मुसिकोट १० का भुपेन्द्र बुढा रहेका छन् ।

घाइते मध्ये एक्कीकुमारीलाई स्यालले सोमबार साँझ टोकेको हो भने अन्यलाई मंगलबार साँझ टोकेको मुसिकोट–६ का हिमबहादुर महताराले बताए । स्यालले भेटिएका जति मान्छेलाई टोक्दै हिडेको उनको भनाइ छ ।

ट्याखोला, माथिल्लो घाइडाँडा, झिँजा लगायतका ठाउँमा स्यालको विगविगी बढेको छ । स्यालले घरमै तथा बाटोमा हिड्ने मान्छेलाई टोकिरहेको छ ।

घाइतेमध्ये एक्कीकुमारीलाई उपचारका लागि सुर्खेत लगिएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उहाँहरूलाई रेविजविरुद्धको खोप दिइएको छ । स्याललाई नियन्त्रणमा लिन सकिएको छैन ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार ११:२५