लज्जावती झारलाई लाजवंती वा लाजमान्ने झारको नामले पनि चिनिन्छ । यसको वानस्पतिक नाम भने माईमोसा पुदिका हो । हात वा अन्य कुनै बस्तुले छुने बित्तिकै यसको पात ओइलाएर बन्द हुने हुनाले यसलाई लज्जावती झार भनिएको हो ।
गाउँघरतिर यसलाई गाइबस्तुको घाँसको रुपमा पनि प्रयोग गरिन्छ । यस बाहेक यसलाई जडिबुटि वा औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ । अभुमका हर्बल प्रा लि अहमदाबादका डाइरेक्टर डा दीपक आचार्य यहि झारको औषधिय गुणको बारेमा बिगत १५ बर्षदेखि भारतको बिभिन्न क्षेत्रमा रहेर अध्ययन गरिरहेका छन् ।
भारतको सुदूर आदिवासी अंचल जस्तै पातालकोट (मध्यप्रदेश), डांग (गुजरात) र अरावली (राजस्थान)का आदिवासिहरुले कसरि परम्परागत रुपबाट यसलाई औषधिको रुपमा प्रयोग गर्दै आएका छन् र र यसले कसरि काम गर्छ भन्ने उनले अध्ययन गरेका छन् र यसलाई प्रमाणित गर्दैछन् ।
गन्दे नामक झारको झोलले काटेको ठाउँमा बगेको रगतलाई तुरुन्तै निको बनाएजस्तै लज्जावती झारले पनि काटेको घाउलाई निको बनाउँछ । यतिमात्रै होइन यो झार बहुउपयोगी छ । यो झारको जराको दुइ ग्राम चूर्ण दिनमा तीन पटक मनतातो पानीसँग खानाले बाबाशिर वा अन्य कारणबाट हुने आन्तरिक घाउ छिट्टै निको हुने आचार्य बताउँछन् ।
आधुनिक विज्ञानको अनुसन्धान अनुसार भाँचिएको हड्डी रर मांस–पेशिको आन्तरिक घाउको उपचारको लागि लज्जावती झार अति उपयोगी हुन्छ । त्यस्तै, लज्जावती झारको जरा तथा बिउको चूर्णलाई दूधसन्ग मिलाएर खानाले पुरूषमा हुने वीर्यको कमीलाई धेरै कम गर्दछ ।
लज्जावती झारको पातको धुलोलाई मख्खनसँग मिलाएर बाबाशिरको घाउमा दिनको दुइ वा तिनपटक लगाउनाले छिट्तै निको हुन्छ । त्यस्तै, यस्को पातलाई पिसेर नाइटो वरिपरि लगाउनाले धेरै पिसाब आउने समस्या बन्द हुन्छ । यसको पातको काड–पानी बनाएर खुवाउनाले मधुमेहको रोगिलाई धेरै फाइदा गर्छ ।
त्यस्तै, यसको बिउको धेउलो बनाएर नियमित सेवन गर्नाले शारीरिक दुर्बलता पनि कम हुन्छ । लज्जावती र अश्वगंधाको जरालाई समान मात्रामा मिलाएर पिस्ने र लेप तयार गरेर स्तनमा हल्का मालिस गर्नाले स्त्न झोलिने समस्याबाट मुक्त हुन सकिन्छ ।
सत्यपाटी । ।