सूचनाको शक्ति - The Power Of Information

        

पलविरुद्धको सुनुवाइ आज

नाबालिग करणी अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहविरुद्धको मुद्दाको सुनुवाइ आज बुधबार हुने भएको छ।

गत असोज २ गतेका लागि तोकिएको सुनुवाइ स्थगित भएपछि आजका लागि पेशी तोकिएको हो।

शाहका वकिल वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले आज बुधबारका लागि पेशी तोकिएको जानकारी दिए। नायक शाहविरुद्ध नवलपुर जिल्ला अदालतले भने साढे दुई वर्ष कैद फैसला सुनाइसकेको छ।

साथै, २५ हजार रुपियाँ जरिवाना र १० लाख रुपियाँ क्षतिपूर्तिको फैसला भएको नवलपुर अदालतले जनाएको छ। नाबालिकालाई करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो।

शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए। शाहलाई चैत १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहाइको माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार १०:२१