सूचनाको शक्ति - The Power Of Information

        

घरको पाँचौँ तलाबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु

काठमाडौंको बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ । बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाठौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतवार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए । घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १२:५८