शेयर बजार आज मङ्गलवार पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले घटेर एक हजार आठ सय ३६ दशमलव ६० विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से परिसूचक घटेकाे दिन दुई सय ३१ वटा कम्पनीको ३८ लाख ५६ हजार कित्ता शेयर एक अर्ब २२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको पाँच करोड ६५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
आज कालिका पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै चार प्रतिशतभन्दा धेरैले बढेको छ ।
सत्यपाटी । काठमाडौँ ।