गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धहरूको गद्य सङ्कथन ‘शब्दशिविर’ निबन्ध सार्वजनिक भएको छ ।
३१ वर्षअघि देखिएको निबन्धबाट प्रेरित भएर तयार गरेको २५ वटा निबन्धहरूको संग्रह शब्दशिविर सार्वजनिक भएको हो । लिट्टल एन्जल्सका प्रिन्सिपल रहनुभएका शर्माको पुस्तक सोमबार विमोचन भएको हो ।
निबन्ध संग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गर्नुभयो । कार्यक्रममा उहाँले भन्नुभयो– गितकारको रुपमा चिनेको शर्माले निबन्ध संग्रह प्रकाशन गर्दा आफूलाई अत्यन्तै खुसी लागेको बताउनुभयो । भन्नुभयो–३४ वर्षदेखि निरन्तर विद्यालयको वागडोर सम्हाल्नुभएका प्रिन्सिपल शर्माको योगदानलाई कसैले बिर्सन हुदैन ।
उहाँले अहिलेको अवस्थामा शिक्षामा आमुल परिवर्तनको आवश्यकता रहेको बताउनुभयो । निबन्धकार शर्माले एक सताब्दी पुरा गर्नुभएका वुवा निमानन्द शर्मा र ९५ वर्षिय आमा शोभादेवीको कोख र काखको मेरो जिवनमा प्रेरणा मिलेको र त्यसैको परिणामको कारण निबन्ध संग्रह तयार भएको बताउनुभयो ।
२०४७ सालमा मधुपर्कमा पहिलो निबन्ध संग्रह निबन्ध प्रकाशित भएपछि आफूलाई लेखन कार्यमा थप उर्जा मिलेको बताउनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।