सूचनाको शक्ति - The Power Of Information

        

पाकिस्तानमा बाढीमा परी ३७ जनाको मृत्यु, ९२ घाइते

पाकिस्तानको विभिन्न भागमा मुसलधारे वर्षा पछिको बाढीमा परी करिब ३७ जनाको मृत्यु भएको छ ।

साेही बाढीमा परी ९२ जना घाइते भएका हुन् । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी सम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउने मध्य १६ बालबालिका र ७ जना महिला रहेका छन् ।

यय वर्षको मनसुनका कारण देशका विभिन्न स्थानमा बाढी जाँदा अहिलेसम्म १ हजार ५ सय ४५ जनाको मृत्यु भइसकेको छ । बाढीका कारण १९ लाख २० हजार घर ध्वस्त हुनुका साथै ९ लाख ३५ हजार ७ सय ९५ चौपाय मरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतवार ०९:००