सूचनाको शक्ति - The Power Of Information

        

ठूलो परिमाणको लागुऔषधसहित बाँकेमा एक पक्राउ

बाँके प्रहरीले ठूलो मात्रामा लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट आउँदै गरेका खजुरा गाउँपालिका वडा नं. ४ एलगाउँका २९ वर्षीय आशिष चौधरीलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट पैदल आइरहेका चौधरीलाई शंका लागेर जाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोका बनाई राखेको पाँच पोका ब्राउन सुगर फेला परेको हो ।

चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १९:३८