सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बिहीवार ४ संक्रमित थपिँदा ४ जना डिस्चार्ज

 बाँकेमा बिहीवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा ९ जनाको परीक्षण गर्दा २ र जमुनाहा हेल्थ डेस्कमा २ गरी ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् भने १ जना जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ हजार ३४९ पुगेको छ । यस्तै बिहीवार ४ डिस्चार्ज भएका छन् ।

योसँगै जिल्लामा डिस्चर्ज हुनेको संख्या २० हजार ९६८ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या २८ जना रहेको वलीले बताए ।

एक जनाको भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने २७ जना होमआइसोलेशनमा बसिरहेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार २०:३१