सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने, सतर्कता अपनाउन आग्रह

बेलुकादेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुन सक्रिय नै रहेकाले आज दिउँसोसम्म नै धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने अनुमान छ ।

यस्तै, राति पनि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज बेलुकादेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने अनुमान छ ।

तर, हल्का पानी पर्दा पनि पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार ०८:३६