सूचनाको शक्ति - The Power Of Information

        

जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी भएका छन् ।

आमाछोदिङ्मो गाउँपालिका–५ ताताेपानीमा जङ्गली च्याउ खाएर ११ जना बिरामी भएका हुन् ।

बिरामी हुनेहरु रसुवा र लमजुङका रहेका छन् । बिरामीमध्ये चार जनालाई त्रिशूली अस्पताल रेफर गरिएको जिल्ला अस्पताल रसुवाले जनाएको छ ।

जङ्गलमा पाइने च्याउ सकभर नखान जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. निरज फोजुको आग्रह छ ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहीबार ०८:१६