सूचनाको शक्ति - The Power Of Information

        

डढेलेका कारण युरोपको तापमानमा नयाँ कीर्तिमान

युरोपका अधिकांश मुलुकहरु यतिबेला उच्च तापमानको मारमा परेका छन् ।

स्पेनमा ४३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिंदा फ्रान्सको तापक्रम ४२ डिग्री पुगेको हाे। फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसको जंगलमा लागेको डढेलोले हजारौं मानिस विस्थापित भएका छन् ।

फ्रान्सको जंगलमा लागेको डढेलोका कारण ३० हजार मानिस आफनो थातथलो छोडेर भागेका छन् ।

फ्रान्सको पर्यटकिय गिरोन्डे क्षेत्रमा रहेका पर्यटकहरु गर्मीको मारमा परेका छन् । गिरोन्डे आसपासको जंगलमा लागेको डढेलोको ताप शहर सम्म पुग्दा जनजीवन प्रभावित भएको हो ।

गर्मीकै कारण बेलायतमा रेलवे सेवा बन्द गरिएको छ । लण्डनको लुटन विमानस्थलको धावनमार्ग तातेको कारण केही उडानहरु रद्द गरिएका छन् । उता नेदरल्याण्ड्समा पनि अहिलेसम्मकै सबैभन्दा गर्मी महसुस गरिएको छ ।

त्यहाँको तापक्रम ३३ दशमलव ६ डिग्री पुगेको छ । आगामी दिनमा ३९ डिग्रीसम्म तापमान पुग्ने मौसम विदहरुले बताएका छन् । यी बाहेक बेल्जियम, जर्मनी, र इटलीम पनि तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्दा जनजीवन अस्तब्यस्त बनेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ०८:१४