सूचनाको शक्ति - The Power Of Information

        

विवादपछि रोकियो ‘प्रसाद २’ को छायाङकन

सुटिङ सेटमै असमझदारी भएपछि ‘प्रसाद २’ को छायाङकनमा बाधा पुगेको छ l

निर्देशक सुदर्शन थापालाई ‘रचनात्मक असमझदारी’को प्रश्न गरेपछि समस्या सुरु भएको हो l

निर्देशक थापालाई  भिजुअल ल्यांग्वेज के हो र सट के हो भनेर फिल्मका मुख्य कलाकार विपिन कार्कीले प्रश्न गरेपछि ‘प्रसाद २’को छायांकन अन्तिम समयमा स्थगित भएको बुझिएको छ l

उक्त प्रश्नको उत्तरमा थापाले १५ वर्षमा यस्तो प्रश्न पहिलो पटक सुनेको बताएका थिय l सोही प्रश्नलेनै असमझदारी उब्जाए पछि अभिनेता विपिन कार्की र  छायांकन थलो कास्कीको ल्वाङ गाउँबाट काठमाडौँ फर्केका छन् l

विपिन मुड छैन भन्दै सेट बाट निक्लेर आमा भेट्न काठमान्डौ आएका छन् , भने नम्रता पनि अभिनेता रेमनदास श्रेष्ठको बिहेमा सहभागी हुन बिहीबार काठमाडौँ आइपुगेकी छन् ।

फिल्म भित्रकै एक सदस्यले भने ‘सुटिङ सेट रेडी थियो , नम्रताको मेकअप पनि चल्दै थियो,’ ‘तर विपिन कार्की मुड छैन भन्दै आमा भेट्न काठमाडौँ हिँडेपछि सुटिङ रोकिएको बताएका छन् l

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार ०८:२९