सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा १६८ फरार अभियुक्त पक्राउ

बाँके प्रहरीले एक वर्षमा १६८ जना फरार अभियुक्त पक्राउ गरेको छ ।

बाँके प्रहरीका मुद्दा शाखाका इन्चार्ज चक्र डम्बर पालले गत साउनदेखि यही असार महिनासम्म १६८ जना फरार अभियुक्तलाई पक्राउ गरेको बताए ।

उनका अनुसार, बाँके जिल्ला अदालतले विभिन्न मुद्दामा सजाय तोकेको फरार अभियुक्तहरुलाई विभिन्न स्थानहरुबाट पक्राउ गरिएकोे हो ।

पक्राउ परेकाहरुबाट ५६ लाख ५३ हजार ८ सय ३५ जरिवाना र १ सय ३४ वर्ष २ महिना १६ दिन कैद असुल गरिएको छ । बाँके प्रहरी फरार अभियुक्त पक्राउ गर्नमा लुम्बिनी प्रदेशकै अगाडी रहेको छ ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार १८:४२