सूचनाको शक्ति - The Power Of Information

        

प्याब्सन बाँकेले बनायो आफ्नै भवन

निजी विद्यालयको छाता संगठन प्याब्सन बाँकेले आफ्नै भवन अर्थात शिक्षा मन्दिर बनाएको छ । शिक्षा मन्दिरको बुधवार प्याब्सनका राष्ट्रिय अध्यक्ष डीके ढुंगानाले एक समारोहकाबीच उद्घाटन गरे ।

अध्यक्ष ढुंगानाले अव निजी विद्यालयहरुले रोजगार र सीपमूलक शिक्षामा जोड दिनु पर्ने बताउनुभयो । प्याब्सन बाँकेका अध्यक्ष यमबहादुर रावतले गुणस्तरीय शिक्षामा निजी विद्यालयहरुले अहम भूमिका खेलेको बताए ।

शिक्षा मन्दिरमा दुई सय जना हट्ने हल बनाइएको छ । दुई तले भवनमा माथिल्लो तला कार्यकक्षकारुपमा प्रयोगमा ल्याइने बताइएको छ ।

५० लाख लागतमा बनेको शिक्षा मन्दिर उद्घाटन समारोहमा प्याब्सनका राष्ट्रिय उपाध्यक्ष कृष्ण अधिकारी, महासचिव आरबी कटवाल, जिल्ला शिक्षा समन्वय इकाईका उद्धव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार ०८:०५