सूचनाको शक्ति - The Power Of Information

        

स्वर्गीय डम्बर थापालाई कबड्डी संघ बाँकेको सम्मान

कबड्डी संघ बाँकेका संस्थापक अध्यक्ष रहेका स्वर्गीय डम्बर थापालाई मरणोपरान्त कबड्डी संघ बाँकेद्वारा सम्मान गरिएको छ ।

कबड्डी संघ बाँकेले मंगलवार नेपालगञ्जमा प्रथम डम्बर थापा स्मृति दिवस कार्यक्रमको आयोजना गरि कबड्डिको वृद्धि बिकास र ब्यबस्थापनमा गरेको योगदान बापत थापालाई मरणोपरान्त कबड्डी संघ बाँकेद्वारा सम्मान गरिएको हो । उक्त सम्मान उहाँको धर्मपत्नी भुमिका थापालाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले स्वर्गीय थापा संगको सामिप्यता स्मरण गर्दै बाँकेमा कबड्डी संघको लागि र खेलको बिकासको लागी थापाले जुन देख्नुभएको सपना थियो, त्यो पूरा गर्न आफुले संघलाई सहयोग गर्ने बताएका थिए ।

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथी तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक तुफानले स्वर्गीय थापा सामाजिक , राजनैतिक तथा खेलप्रेमी ब्यक्तित्व रहेको र उहाँको कमि बाँकेको कबड्डि संघलाई मात्रै नभएर सिङ्गै जिल्लालाई महसुस भएको बताउनुभयो थियो ।

अध्यक्ष तुफानले कार्यक्रममा बोल्दै स्वर्गीय थापाले बाँकेको खेल क्षेत्रमा पुराएको योगदान बाँकेले नभुल्ने बताएका थिए ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला कबड्डि संघ बाँकेका अध्यक्ष जनार्दन खत्रीले बाकेमा निकट भबिष्यमै डब्बर थापा स्मृति कबड्डी प्रतियोगिता आयोजना गर्ने घोषणा समेत गरिएको छ । साथै खत्रीले बाकेका स्थानीय तहले कबड्डि खेलको बिकासको लागी योगदान पुराउनु पर्ने बताएका थिए ।

कार्यक्रममा क्षेत्रीय खेलकुद कार्यालय प्रमुख महेश चन्द, कबड्डि संघका उपाध्यक्षद्वय सफिक बेहना, इता शर्मा, नेपाली काँग्रेसकी नेतृ उमा थापा मगर, नेकपा माओवादी खजुराका नेता कान्तुराम गौतम लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार १८:४२