सूचनाको शक्ति - The Power Of Information

        

दुखद खबर :

दैलेखमा बस दुर्घटना हुँदा ज्यान गुमाएका चारै जनाको परिचय खुल्याे

दुर्घटनामा गम्भीर घाइते १७ जना

दैलेखमा बस दुर्घटनामा परि ज्यान गुमाउने चारै जनाकाे परिचय खुलेकाे छ ।

कालिकोटबाट सुर्खेतका लागि छुटेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्ने नजिक दुर्घटना भएको हो ।

ज्यान गुमाउनेमा दैलेखको दुल्लु नगरपालिका–९ पदुकाका ३५ वर्षीय काशिराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका–३ का ३३ वर्षीय ज्ञानबहादुर बम र पलाँता गाउँपालिका–३ कै ३२ वर्षीया धनकला शाही रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश विकले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते १७ जनालाई राति नै उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटनामा घाइते भएका अरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको छ । चालक सुरेन्द्र डाँगी क्षेत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक नरेश विकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार ०६:५१