सूचनाको शक्ति - The Power Of Information

        

हुम्लाको सिमकोट–३ मा माओवादी विजयी

हुम्लाको सिमकोट गाउँपालिका–३ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका पामा लामा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार इन्द लामाले २५ मतले हराउँदै उनी विजयी भएका हुन् । पामाले ३५४ मत ल्याउँदा इन्द्रले ३२५ मत ल्याए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि इन्द्र लामा माओवादी केन्द्रका ताक्ला जिक्मेत लामाबाट १० मत अन्तरले पराजित भएका थिए । वडा नम्बर ३ मा कांग्रेसले एक र बाँकी सदस्य माओवादी केन्द्रले जितेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १७:३४