नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबार कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
नेप्सेले नेपाल सरकारले आगामी जेठ एक गतेदेखि लागू हुने गरी शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
नेप्सेले भने आइतबारको सट्टामा शुक्रबार शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको छ । अबदेखि सातामा पाँच दिन नै शेयर कारोबार हुनेछ । यसअघि बन्द रहेको शुक्रबारको सट्टा आइतबार बन्द गरेको हो ।
नेप्सेका अनुसार बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म शेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।
सत्यपाटी । काठमाडौँ ।