सूचनाको शक्ति - The Power Of Information

        

पर्साको दुई राउण्ड गोली चल्यो

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा विहिबार राति गोली चलेको छ । सखुवाप्रसौनी गाउँपालिका–१ औराहामा राति करिब साढे ९ बजेतिर गोली चलेको हो ।

स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार स्थानीय मंगलबहादुर ब्लोनको घरको धानको भकारीमा गोली लागेको देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार गोली कसले र किन चलायो भन्ने खुलेको छैन ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । घटनास्थलमा गोलीजस्तै फलामको टुक्रा भेटिएको छ । चामलको बोरामा प्वाल परेको रहेछ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार ०८:०५