सूचनाको शक्ति - The Power Of Information

        

रुसले दियो पश्चिमा मुलुकहरुलाई खतरानाक चेतावनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।

रुसले युक्रेनलाई हतियार आपूर्ति गरिरहेको भन्दै अमेरिका तथा उसका सहयोगी मुलुकले अहिलेसम्म नसोचेको परिणामको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

आधिकारिक कूटनीतिक नोट जारी गर्दै रुसले अमेरिका तथा उसका सहयोगी मुलुकलाई चेतावनी दिएको हो । अमेरिकी विदेश मन्त्रालयलाई रुसले पठाएको दुई पृष्ठको कूटनीतिक नोटमा अमेरिका र नेटोले युक्रेनलाई पठाइरहेको हतियारले युक्रेनमा जारी द्वन्द्वमा आगोमा घिउ थप्ने काम गरिरहेको उल्लेख गरिएको छ ।

यसले नसोचेको परिणाम निम्त्याउन सक्ने रुसले बताएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ८० करोड डलरबराबरको हतियार सहयोग गर्ने घोषणा गरेका थिए । त्यसकै जवाफमा रुसले अमेरिकालाई कूटनीतिक नोट पठाएको हो ।

पहिलो पटक अमेरिकाले युक्रेनलाई लामो दुरीमा मार हान्न सक्ने अत्याधुनिक हतियार प्रदान गर्न लागेको हो । अमेरिकी अधिकारीले भने पछिल्लो समय नेटोले युक्रेनलाई दिइरहेको सहयोग प्रभावकारी बन्दै गएको रुसको पत्रले देखाएको बताएका छन् । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता अहिलेसम्म अमेरिकाले ३ अर्ब डलरभन्दा धेरैको हतियार युक्रेन पठाइसकेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार ०९:०७