सूचनाको शक्ति - The Power Of Information

        

नागढुङ्गा-नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन

काठमाण्डौको मुख्य नाका नागढुङ्गामा अहिले चापमा गाडी चलिरहेको छ ।

नागढुङ्गा भन्दा केही तल बस बिग्रिएकाले नागढुङ्गा-नौबिसे सडक खण्डमा अहिले एकतर्फी मात्रै गाडी चलिरहेकाे हाे । यसले गर्दा चाप बढेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बिग्रिएको बसलाई बनाउने काम भइरहेको छ ।

बस बनेपछि सडक दुईतर्फी नै खुलाइने छ । यो सडक खण्ड भएर हरेक दिन हजारौँ गाडी काठमाण्डौ भित्रने र बाहिरिने गर्छन् । साँघुरो सडक र गाडीको चाप धेरै हुँदा हरेक दिनजसो यो सडकमा जाम हुने गरेको छ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार ०८:३८