सूचनाको शक्ति - The Power Of Information

        

बाबुराम भट्टराईको आशंका–‘भीम रावलको पीएचडी नक्कली’

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाले नेता डाक्टर भीम रावलको पीएचडी नक्कली हो कि भनेर आशंका गरेका छन्।

गएराति सामाजिक सञ्जालमा लेख्दै आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीलाई पुष्टी गर्न चेतावनी दिंदै नक्कली पीएचडीको संज्ञा दिए।

भट्टराईले लेखेका छन् ,‘यी कण @BhimRawal179 ले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन्!विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत/मिति/स्थान खुलाउनुपर्छ।उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको”हो भने कहिले,कहाॅ,कसरी खुलाउनुपर्दैन? कि यी नक्कली PhDहुन्?’

भट्टराईले आफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न रावललाई चुनौती दिए।

एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई हिजो लेखेको स्मृति पत्रमा भनिएको छ, ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो। वास्तवमा प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ।’

यस्तो आरोप लागेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा भट्टराईले त्यसको स्रोत, मिति र स्थान खुलाउन नेता रावललाई चुनौती दिएका हुन्।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार ०९:२९