काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरस्थित उखु बारीभित्र गाडिएको अवस्थामा दुईवटा शव फेला परेको छ ।
बस्ती नजिकै रहेको स्थानीय गंगा सिंहको उखुबारीमा फेला परेको शव पन्ध्र–बीस दिनअघि गाडिएकोे हुनसक्ने प्रहरीले शंका गरेको छ ।
मृतक दुबै पुरुष हुन । बस्ती नजिकै रहेको उखुबारीमा शंकास्पद खाल्डो भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शव छिटो गलाउन नुन हालेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । एउटा शव उत्खनन् गरि पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको मोरङ प्रहरीले जनाएको छ ।
घटनास्थलमा थप अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । शवको पहिचान हुन बाँकी छ ।
।