सूचनाको शक्ति - The Power Of Information

        

विश्वभर ५ लाख बढी कोरोना संक्रमित थपिए, ५ हजारको मृत्यु

काठमाडौँ  । विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख २३ हजार ७७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिनमो अमेरिकामा ५५ हजार ७०१, फ्रान्समा ५१ हजार ६२४, जर्मनीमा ४६ हजार ३७९, बेलायतमा ४२ हजार ८४८, रुसमा ३२ हजार ९७४ र इटलीमा १६ हजार ६३२ जना रहेका छन् ।

ओल्डोमिटरको विवरणअनुसार यही अवधिमा ३ लाख ७५ हजार ९८६ जना संक्रमणमुक्त भएका छन् भने ५ हजार ६४१ जनाको मृत्यु भएको छ ।

संक्रमणमुक्त हुनेमा रुसमा ३५ हजार १८२, जर्मनीमा ३४ हजार ९००, अमेरिकामा ३४ हजार ८६६, बेलायतमा ३२ हजार ६५, टर्कीमा १९ हजार ४६३ र फ्रान्समा १२ हजार ३६९ जना रहेको छन् ।

मृत्यु हुनेहरुमा रुसमा एक हजार २१५, अमेरिकमा ४९२, टर्कीमा २२८, जर्मनीमा २२२, ब्राजिलमा १५२, बेलायतमा १२७ र इरानमा ५८ जना रहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतवार ०८:४३