सूचनाको शक्ति - The Power Of Information

        

महाधिवेशनमा अध्यक्ष ओलीको सम्बोधन

‘एमालेमाथि आँखा लगाए सुर्य अङ्कित झण्डाको भाला रोपिदिन्छौं’

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवको चुनावमा एमालेलाई नभएर देशको समृद्दीका लागि एमालेले बहुमत ल्याउन जरुरी रहेको बताएका छन् । एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानको गलत ब्याख्यालाई सच्याउनका लागि नेपालमा एमालेले बहुमत ल्याउन जरुरी रहेको बताए ।

उनले संसदले बनाउने कामलाई संसदलाई थाहै नदिई परामादेशबाट सरकार भन्दै असंबैधानिक कदम नचालौं भन्दाभन्दै परमादेशबाट सरकार बने पनि देश छिट्टै चुनावमा गइरहेको बताए । सबै कार्यकर्तालाई चुनावमा परिचालत हुन मञ्चबाटै निर्देशन दिँदै एमालेलाई बहुमत दिलाउने अभियानमा लाग्न सबैलाई आग्रह गरे ।

ओलीले जाती र समुदायमा विभाजन विभाजन गरेर, भुगोल भूगोललाई विभाजित गरेर सदभाव विगार्ने पक्षमा एमाले नरहेको स्पष्ट पार्दै एमाले राष्ट्रिय एकताको पक्षमा एमाले रहेको बताए । उनले लोकन्तत्र भन्ने कुरामा मात्र नभई लोकतन्त्र जनताको जीवनस्तरलाई परिवर्तनका लागि र समृद्ध नेपाल सुखी नेपालीका लागि हुनुपर्ने बताए ।

आवश्यक परेको अवस्थामा संविधान संशोधन हुन सक्ने ओलीको भनाई छ । नेपालमा समुहगत हिंसा समाप्त भएको दाबी गर्दै ओलीले हिँसा बोकेर हिँडेका राजनीतिक शक्तिलाई एमालेले सम्वादका माध्यमबाट हिंसा त्याग्न लगाई शान्तिको बाटोमा ल्याएको बताए । लिपुलेक, लिम्पियाधुरा जस्ता नेपालले गुमाएका भूभाग कानुनी र संवैधानिक बाटोबाट नेपालमा समावेश गरे पनि सो जग्गा नेपालको अधिनमा नआएको बताए ।

अध्यक्ष ओलीले कुटनीतिक माध्यमबाट सम्वाद गरेर सो भूमि नेपालको उपयोगमा ल्याइने बताए । उनले आगामी निर्वाचनमा एमालेले स्थानीय तहमा मात्र ६० प्रतिशत बढी संख्या जितेर देखाउने घोषणा गरे । उनले त्यसका लागि फागुन महिना सम्म पार्टी प्रवेश अभियान सुरु गर्ने बताए । एमाले माथि आँखा लगाउनेहरुलाई सुर्य अङ्कित झण्डाको भालाले रोप्ने चेतावनीसमेत दिए ।

हंसिया हथौडाले अलमल पारेको उल्लेख गर्दै ओलीले बामपन्थी सरकार ढालेर दक्षिणपीनथ सरकार बनाउनेहरुले बामपन्थी र हँसिया हतौडाको नामबाट भ्रम सिर्जना भएको बताए । देशमा शन्ति प्रक्रिया नटुङ्गिएको बताउँदै ओलीले मन परेको मान्छेलाई १० हजार बाँडेर द्वन्दको घाउ निको नहुने दाबी गरे । महाधिवेशन सकिने बित्तिकै ठुलो संख्यामा पूर्व लडाकुहरु एमालेमा प्रवेश गर्दै गरेको एमालेले जानकारी दिए । एमाले पूर्व लडाकुहरुको पार्टी भएको बताउँदै ओलीले अव अलमलमा नपर्न लडाकुहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १६:१०