सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीको हिरासत भित्रै ७७ बर्षीया वृद्धाको मृत्यु

बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ ।

केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णादेवी रावल हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान एक्कासि बेहोस भएकी रावललाई जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख ज्ञानबहादुर बिष्टले बताउनुभयो ।

विष्टका अनुसार बिहान चिया खाने क्रममा रावल बेहोस भएकी थिइन् । उनलाई अस्पताल पु¥याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । रावल र उनका छोरा जयबहादुर कर्तव्य ज्यान मुद्दामा कात्तिक २० गते देखि प्रहरी हिरासतमा थिए ।

जयबहादुरकी श्रीमती कात्तिक ७ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनका माइती पक्षले आमाछोरा मिलेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतवार ०८:५०