सूचनाको शक्ति - The Power Of Information

        

डोजर पल्टिँदा चालकको मृत्यु, सहचालक घाइते

दाङ । दाङको बंगलाचुलीमा सडक निर्माणको क्रममा डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका प्रहरीले जनाएको छ ।

सडक निर्माणका क्रममा रा १ क ९१४ नम्बरको डोजर पल्टिँदा त्यसका चालक दाङ घोराही १० बुधौराका २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा डोजर पल्टिँदा बर्दिया गुलरियाका सहचालक राजकुमार चौधरी घाइते भएका छन् ।

बङ्गलाचुली गाउँपालिकाको मुर्कुट्टीदेखि बङ्गलाचुली पार्कको भ्युटावर जोड्ने सडक मर्मतका क्रममा डोजर पल्टिएको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार ०९:५३