सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश १ को मुख्यमन्त्रीमा आजै दाबी पेश गर्दै नेकपा समाजवादी

काठमाडौं । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)ले आजै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने भएको छ । मुख्यमन्त्रीका दाबेदार राजेन्द्र राईले ५० जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने जानकारी दिए ।

त्यसअघि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि प्रदेश सभामा आह्वान गर्नुपर्ने छ । आज मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि बाटो खुलेको हो । राईलाई पाँच दलीय गठबन्धनको साथ रहेको छ । राईले तिहारअघि नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी रहेको जानकारी दिए ।

प्रदेश १ मा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेका ४१ सांसद छन् । विपक्षी गठनबन्धनमा ५० सांसद छन् । नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका एक सांसद कतै खुलेका छैनन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार १५:११