सूचनाको शक्ति - The Power Of Information

        

साहरुख खानको छोरा आर्यन २७ दिनपछि रिहा हुँदै

काठमाडौं । क्रुज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन् । गत अक्टोबर २ मा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

खानले बिहीबार जमानत पाएका थिए । बाम्बे उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । तर, सर्त उल्लंघन भएमा जमानत रद्द हुनेछ । आर्यनको जमानत भए पनि औपचारिकता बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन् ।

आज बिहान १० बजे कारागार खुलेपछि उनी बिहान नै ११ बजेसम्म रिहा हुने ठानिएको छ । आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए उनको २ पटक जमानत रद्द गरिएको थियो । एजेन्सी

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार १०:१८