सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा २३ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने

फाइल तस्वीर

बझाङ । बझाङमा हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।

कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २२ हजार ९८६ जना बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बझाङका फोकल पर्सन नारायण जोशीले जानकारी दिनुभयो ।

जोशीका अनुसार जिल्ला भरिका ६ महिना देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक बर्ष देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

जिल्लाभरिमा २० हजार ९८४ बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम रहेको छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागी ४३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य स्वयमसेविका घरदैलोमा आउने भएकाले उमेर समुहका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अनुरोध गरिएको छ ।

हरेक बर्ष कात्तिक ३ र ४ गते हुने यो कार्यक्रम यस बर्ष दसैँ नजिक परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतवार ०८:०४