सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीमा आज सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा व्रत एवं कात्तिक स्नान आजदेखि सुरु हुने भएकाले प्रदेश सरकारले आज बिदा दिएको हो ।

विसं २०७८ वैशाख १७ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज शुक्ल पूर्णिमाको अवसरमा कात्तिक ३ गते बिदा दिने निर्णय गरेको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा बिदा लागू हुने जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार ०८:४२