सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो

काठमाडौं । नेपालमा विहिबार १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ पुगेको छ।

बिहीबार १ हजार ६८९ कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २५ हजार ७७२ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ११ हजार २०८पीसीआर तथा ३ हजार ९७१ एन्टिजेन परीक्षण भएको छ।

काठमाडौँ उपत्यकामा थप ४३० जनामा कोरोना संक्रमण  पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १७:४०