बाँके । नेपालगन्जका विद्यालयहरु यही भदौ २७ गते आईतबारदेखि खुल्ने भएका छन् । नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले भदौ २७ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।
विद्यालय सञ्चालन गर्दा सञ्चालकले स्मार्ट लकडाउनको निर्देशिका बमोजिमका मापदण्ड पालना गर्नु पर्नेछ । विद्यालयमा विद्यार्थीलाई सिफ्टमा उपस्थित गराउन निर्देशन दिइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका शाखा अधिकृत लोकेन्द्रबहादुर शाहीका अनुसार कुल विद्यार्थीको एकतिहाइमात्रै सहभागी गराएर पठनपाठन गराउनु पर्नेछ । एउटा बेञ्चमा दुई जनामात्रै विद्यार्थी राख्नुपर्ने शाहीले बताए ।
गत वैशाख ९ गते निषेधाज्ञा जारी भएपछि नेपालगन्जका विद्यालय बन्द छन् ।
।