सूचनाको शक्ति - The Power Of Information

        

एमसीसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार आज नेपाल आउँदैछिन् । चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा रहनेछन् । उनीहरू आज कतारबाट काठमाडौँ आउन लागेका हुन् ।

काठमाडौं आउनुअघि बुधबार उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको जवाफ पठाएकी छिन् । उनले नेपालस्थित अमेरिकी दूतावासमार्फत जवाफ पठाएकी हुन् । बुधबार नै पत्र अर्थ मन्त्रालय पुगेको छ आएको छ ।

एमसीसीले सम्झौताभन्दा नेपालको संविधान स्वतः माथि हुने र यो अनुदान कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नहुने स्पष्ट पारेको छ । तर, भइसकेको सम्झौता अब संशोधन नहुने जानकारी पनि गराएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयले सम्झौतासँग सम्बन्धित सरोकार सूचीकरण गरेर गत शुक्रबार वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो ।

एमसिसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन् । नेपालमा एमसिसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि गिजोलिएको छ । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार ०७:३०