सूचनाको शक्ति - The Power Of Information

        

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बित

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ढुंगानालाई निलम्बन गरेको हो।

अध्यक्ष ढुंगानाले छोरीका नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेपछि विवादमा मुछिएका थिए। मन्त्रीपरिषद्को बैठकले यस विषयमा छानविन गर्न छानविन समितिसमेत गठन गरेको छ।

छानविन समितिमा उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको हो।

अध्यक्ष ढुंगानाले छोरीका नाममा शेयर किनेपछि अर्थमन्त्रालय र अर्थ समितिले स्पष्टीकरण सोधेको थियो। अर्थ समितिको बैठकमा अध्यक्ष ढुंगानाले विवाह गरेकी छोरीले शेयर किन्न पाउने जिकिर गरेका थिए।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार ०९:०१