सूचनाको शक्ति - The Power Of Information

        

थलाराको खानी गाँउमा सिँचाईका लागि पम्पबाट पानी

बझाङ । थलारा गाउँपालिकाको वडा नं ९ खानीगाँउमा तरकारी र वाली सिँचाईका लागी सेती नदीमा बर्षा पम्प जडान गरिएको छ ।

युनाईटेड मिसन टु नेपाल र प्रगतिशिल युवा समाज बझाङको सिर्जना परियोजनाको आर्थिक सहयोगमा बर्षा पम्प जडान गरिएको हो ।

तरकारी खेतीलाई लक्षित गर्दै सेतीनदी बाट बर्षा पम्पको सहयोगले गाउँमापानी लिफ्टििङ गरेर सिँचाई सुविधा पु¥याईएको छ ।

सिर्जना परियोजनाको ३ लाख बढीको लागतमा पानी तान्ने बर्षा पम्प, पाईप ल्याई गाँउ भन्दा तल रहेको सेती नदीको पानी माथी गाउँमा ल्याईएको हो ।

गाँउमा सिँचाईका लागी पानी पुगे पछि यहाँका ३५ परिवार लाभावन्वित भएका छन । सिँचाईको लागी पानी पाए पछि स्थानिय हर्षित भएका छन ।

तरकारी राम्रो उत्पादन हुने भएको भएपनि सिँचाई सुविधान हुँदा व्यवसायिक रुपमा तरकारी खेतीगर्न नसकिएको स्थानिय दिनेश सुनारले बताउनुभयो ।

उहाँले भन्नुभयो,“अरु उत्पादन भन्दा बाह्रै महिना तरकारी उत्पादन राम्रो हुन्थ्यो । तर हिउँदको समयमा सिँचाईका लागी पानी नहुँदा सास्ति भोग्नु परेको थियो ।

बर्षातको समयमा त गाँउ नजिकै पानीका मुलहरु फुटने भएकाले बर्षे तरकारी राम्रै हुन्थ्यो । अवबर्षा पम्प बाट गाउँमा पानी पुगेपछी तरकारी वालीमा सिंचाई गर्न सहजहुने भएको छ ।

गाँउमा पानी पुगेपछि खुसी लागेको छ ।”अर्का स्थानिय अमर सुनारले गाँउमा सिँचाईका लागी पानी पुगे संगै बर्षौ देखिको गाँउलेको तरकारी खेती गर्ने धोको पुरा भएको बताउनुभयो ।

सुनारले भन्नुभयो,“घर छेउमै सेती नदी बगे पनि सिँचाईका लागी पानी उपभोग गर्न पाएका थिएनौ । घर छेउमै ठुलै नदी बगेपनि पानी उपभोग गर्न नपाउनु हाम्रो र्दुभाग्य हो ।

बर्षौ देखि पानीको अभाव भोगेका हामीहरुलाई बर्षा पम्प बाट लिफ्टिङ गरेर ल्याएको पानीले राहात भएको छ ।अब हिँउदे तरकारी उत्पादन गर्न पनि सहज भएको छ ।

बर्षा पम्प जडान संगै कृषकहरुमा परम्परागत कृषि शैलीलाई परिर्वतन गरी नयाँप्रविधि र यन्त्रिकरण गरेर व्यवसायिकरुपमा तरकारी खेती गर्न सिकाएको उनको छ ।”

यो प्रविधि सुरुमा २०१४ मा नेपाल भित्रिएको हो । नेदरल्याण्डमा बस्ने एक जना नेपालीले ल्याएको हो । यसलाई पानीको सहमा राखिन्छ । यो मेसिन हावा र पानीको माध्यम बाट घुम्ने गर्दछ ।

यो मेसिन बाट २० मिटर भर्टिकल उचाई सम्म र २ किलोमिटर होरिजेन्टल सम्मपानी पठाउन सकिन्छ । हावा र पानी बाट चल्ने भएकाले यस्को एकतर्फि मात्रखर्च हुन्छ ।

एकैचोटी किन्दा मात्र खर्च हुने भएकाले खोला किनाराका सिचाँई सुविधान भएका ठाँउका लागी प्रभावकारी हुने युनाईटेड मिसन टु नेपाल र प्रगतिशिल युवा समाज बझाङको संयुक्त साझेदारीमा संचालित सिर्जना परियोजनाका कार्यक्रम अधिकृत बल बहादुर ओडले बताउनुभयो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलवार १०:५०