सूचनाको शक्ति - The Power Of Information

        

माओवादी निर्णय, ‘सरकार सञ्चालन गर्न साझा कार्यक्रम’

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउनुपर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि साझा कार्यक्र बनाउने र त्यसै अनुसार अगाडि बढ्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले गठबन्धनको सरकार न्युनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताका साथ अघि बढाउनुपर्ने भएकाले तुरुन्त त्यस्ता कार्यक्रम तय गर्न बैठकले आव्हान गरेको गरेको बताए । उनले साझा कार्यक्रम बनाउनका लागि गठबन्धनको कार्यदलका सदस्यहरुलाई निर्देशन दिइएको समेत बताए । कार्यदलमा काँग्रेसबाट महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट स्थायी कमिटी सदस्य वर्षमान पुन र जसपाबाट राजेन्द्र श्रेष्ठ छन् ।

माओवादीले प्रतिगमनविरुद्धको संघर्ष सफल भएकोसमेत निष्कर्ष निकाल्दै अब सरकारलाई सकरात्मक ढंगले अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । प्रवक्ता श्रेष्ठले सरकारलाई पनि सकरात्मक ढंगले अगाडि बढाउने र पार्टीको संगठन विस्तारलाई पनि तिब्रता दिने निर्णय भएको जानकारी दिए । उनले साउन २० र २१ गते पार्टी केन्द्रीय कमिटीको बैठक बस्नेसमेत जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार १७:४२