सूचनाको शक्ति - The Power Of Information

        

करेन्ट लागेर दाङका युवकको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

सोमबार साँझ टेलिभिजनको तार जोड्ने क्रममा करेन्ट लागेर दाङको घोराही उपमहानगरपालिका १२ हापुरेका २२ वर्षीय केशब बस्नेतको मृत्यु भएको हो ।

करेन्ट लागेपछि गम्भीर घाइते भएका उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको  छ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलवार ०९:४२